नियम
इजाजतपत्र लिनु पर्ने हातहतियार तथा खरखजाना
(१) १२, १६, २०, ४१० बोरको टोटावान बन्दुक (सर्ट गन,) भरुवा बन्दुक, हावादारी बन्दूक र २२ बोरको राइफल र त्यसका खरखजाना सुरक्षा वा सिकारको लागि राख, लिएर हिड्न वा प्रयोग गर्नका लागि इजाजतपत्र लिनु पर्नेछ।

तर टोटाबाल बन्दुक,भरुवा बन्दुक वा. २२ बोरको राइफल र त्यसका खरखजाना राख इजाजतपत्र प्राप्त व्यक्तिले हावादारी बन्दुक राखको लागि छुट्टै इजाजतपत्र लिनु पर्ने छैन र हावादारी बन्दुक राखे बापत कुनै दस्तूर तिर्नु पर्ने छैन।

(२) उपनियम (१) मा उल्लेख भएका बाहेक अरु कुनै पनि किसिमका बन्दुक, पेस्तोल वा रिवाल्भर र त्यस्ता हातहतियारका खरखजानाको लागि इजाजतपत्र दिइने छैन।